सभामुखद्वारा श्रम शक्ति पार्टीका सांसदलाई चेतावनी


काठमाडौं ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले संसद बैठकमा प्लेकार्ड प्रदर्शन र अवरोध गरेको भन्दै श्रम शक्ति पार्टी का सांसदहरुलाई व्यवहार सच्याउन चेतावनी दिनुभएको छ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा बैठकमा पार्टी अध्यक्ष हर्कराज राई सहितका सांसदहरुले बैठक अवरुद्ध पारेपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० अनुसार चेतावनी दिनुभएको हो।

श्रम शक्ति पार्टीका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाह को विरोध गर्दै निरन्तर संसद अवरोध गर्दै आएका छन्।