काठमाडौँ
कजारिया रमेश टायल्स अब तारकेश्वर–जरंखुमा पनि विस्तार भएको छ । हरि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्यमा सञ्चालनमा आएको नयाँ शोरूम घरधनी, इन्टेरियर डिजाइनर तथा आर्किटेक्टका लागि उच्च गुणस्तरका टायल्स र आकर्षक डिजाइन छनोट गर्ने प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ । शोरूमको उद्घाटन वैशाख ३१ गते बिहीबार गरिएको थियो ।
कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वल्र्ड लुना लुइटेल, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ तथा वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति रहेको थियो ।
हरि ओम टंकेश्वर हार्डवेयरको व्यवस्थापन टोलीले स्थानीय बासिन्दालाई स्वागत गर्दै ब्रान्डका नयाँ कलेक्सनसमेत प्रदर्शन गरेको थियो । ग्राहकलाई घरको भित्री सजावटबारे स्पष्ट अवधारणा दिलाउने उद्देश्यले तयार गरिएको शोरूममा कजारियाका उत्कृष्ट फ्लोर तथा वाल टायल्सका विभिन्न डिजाइन, टेक्स्चर र फिनिस प्रत्यक्ष रूपमा हेरेर तथा छामेर आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने व्यवस्था गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक हिमांशु अग्रवालले हरि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्य काठमाडौंका उपभोक्तासम्म पहुँच विस्तार गर्ने महत्त्वपूर्ण प्रयास भएको बताए । उनले तारकेश्वर क्षेत्रका बासिन्दालाई गुणस्तरीय तथा उत्कृष्ट डिजाइनका टायल्स सहज रूपमा उपलब्ध गराउँदै घर निर्माण र सजावटको सपना पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।
पूर्ण रूपमा सञ्चालनमा आइसकेको यो शोरूमले जरंखु तथा आसपासका क्षेत्रका बासिन्दालाई टायल डिजाइनको नवीनतम अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहित देशकै ठूलो टायल उत्पादन उद्योग स्थापना गर्दै नेपाली टायल उद्योगलाई नयाँ पहिचान दिएको दाबी गरेको छ । कम्पनीले सुपरब्रान्ड २०२५, एसियाज मोस्ट प्रमिसिङ ब्रान्ड तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकको मान्यतासमेत प्राप्त गरिसकेको छ ।
कम्पनीका अनुसार गुणस्तर र दिगोपनाप्रतिको प्रतिबद्धता आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरणबाट पुष्टि भएको छ । हालै एनएस क्वालिटी अवार्ड २०२६ प्राप्त गरेको कजारियाले ३ हजारभन्दा बढी डिजाइन विकल्पसहित टिकाउ, आकर्षक र आधुनिक टायल्स उपलब्ध गराउँदै आएको जनाएको छ । नेपालभर १०० भन्दा बढी शोरूम विस्तार गरिसकेको कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल समावेश छन् ।











प्रतिक्रिया