सडक दुर्घटनामा कार चालकको मृत्यु


नवलपरासी। 

पूर्व पश्चिम महेन्द्र राजमार्गको खरकट्टा जंगलमा आईतबार दिउँसो सवा २ बजे भएको सडक दुर्घटनामा परि कार चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महाेत्तरी मटिहानी ३ का ६० वर्षीय श्रीनारायण यादव रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

नारायणगढबाट बुटवल तर्फ जाँदै गरेकाे लु १ च ३५२३ नम्बरकाे मारूती कार आँफै अनियन्त्रित भई कावासाेती ८ सडक किनारमा पल्टदा चालक यादव घाइते भएका थिए ।

घाइते यादवलाई उपचारका लागि नजिकैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा उपचारका क्रममा चिकित्सकले उनलाई सवा ३ बजे मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार दुर्घटना ग्रस्त कारलाई ट्राफिकको जिम्मा लगाई प्रहरी टोलीद्वारा घटनाबारे अनुसन्धान कार्य अघि बढाइएको छ ।