रास्वपा काठमाडौं–२० को वडा अधिवेशन सम्पन्न, रोशन महर्जन सर्वसम्मत सभापति चयन


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिका वडा नं. २० को वडा अधिवेशन ऐतिहासिक स्थल काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले इन्जिनियर रोशन महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ ले स्थानीय तहमा सक्षम नेतृत्व चयन हुनु पार्टीका लागि सकारात्मक संकेत भएको बताउनुभयो । विशेष अतिथि सिर्जना श्रेष्ठ ले नवनिर्वाचित टोलीलाई बधाई दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नयाँ नेतृत्व चयनसँगै वडा नं. २० मा रास्वपाको संगठनात्मक गतिविधि थप सक्रिय हुने विश्वास व्यक्त गरिएको छ ।