काठमाडौ ।
काठमाडौँमा आज बस्ने तय भएको नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सारिएको छ।
बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
आइतबार पर्ने मदन–आश्रित दिवसको तयारीका कारण आजको बैठक स्थगित गरिएको बताइएको छ।
बैठकमा पार्टीभित्रको कार्यविभाजन तथा फागुन २१ को निर्वाचनको समीक्षा गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ।











प्रतिक्रिया