काठमाडौं ।
परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारी ले नेपालले ऐतिहासिक रूपमा आफ्नो सार्वभौमसत्ता जोगाउँदै आए पनि कूटनीतिक अभ्यासमा कतिपय अवस्थामा हिनताबोध देखिने गरेको बताउनुभएको छ।
उहाँले नेपालले कानुनी रूपमा सार्वभौमसत्ता कायम राखे पनि व्यवहारमा आफूलाई कमजोर रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो। पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गाबीचको तरुल’ भन्ने भनाइलाई परराष्ट्र नीतिको मूल भाष्य बनाइनु हिनताबोधपूर्ण रहेको उहाँको टिप्पणी थियो।
नेपाललाई औपचारिक रूपमा ‘बफर स्टेट’ कहिल्यै स्वीकार नगरिएको स्पष्ट पार्दै उहाँले वर्तमान अवस्थामा ‘बफर टु ब्रिज’ अवधारणामार्फत भू–राजनीतिक अवस्थालाई अवसरमा बदल्नुपर्नेमा जोड दिनुभयो। दुई छिमेकीबीच सन्तुलित कूटनीति अपनाउँदै नेपालले आफ्नो सार्वभौम हैसियत दृढतापूर्वक प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव छ।











प्रतिक्रिया