महाधिवेशन तयारीमा राप्रपा, कार्यतालिका समिति गठन


काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ले आगामी महाधिवेशनको कार्यतालिका तय गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति बनाएको हो।

अध्यक्ष राजेन्द्र लिङ्देन का अनुसार समितिले आगामी कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश गर्नेछ। साथै, जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाउने निर्णय पनि गरिएको छ।