काठमाडौं ।
दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोनमार्फत धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भई शंखमुल बस्दै आएका २२ वर्षीय खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले कारबाही अघि बढाएको हो।











प्रतिक्रिया