काठमाडौं ।
संभावित बाढीको जोखिम र सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित वीपी राजमार्ग तथा हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार वीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा वैशाख २१ गतेदेखि अर्को सूचना नभएसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको हो।
यस्तै, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडकखण्डमा वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म यातायात बन्द गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया