ट्रम्प–सी शिखर वार्ता आजदेखि, व्यापार र ताइवान मुख्य एजेन्डा


काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  बिहीबार चीन पुगेपछि अमेरिका–चीनबीच उच्चस्तरीय शिखर वार्ताको तयारी सुरु भएको छ । दुईदिने वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई), इरान–इजरायल युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेन्डा रहने जनाइएको छ ।

बेइजिङ विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले ट्रम्पलाई स्वागत गर्नुभएको थियो । भ्रमण टोलीमा एलोन मस्क, जेनसन हुआङ र टिम कुक लगायत अमेरिकी उद्योगी सहभागी छन् । विश्लेषकहरूले यस भ्रमणलाई अमेरिका–चीन सम्बन्धको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरेका छन् ।