देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हिमपातको सम्भावना


काठमाडौं ।

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज देशका धेरै हिमाली तथा पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र चट्याङको जोखिम पनि रहेको छ। राति पनि देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ।