अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको निर्देशनमा निर्माणाधीन फिल्म पार्वतीको छायाँकन २२ दिनमै सम्पन्न भएको छ।
गत चैत २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा गाउँमा शुभमुहूर्त गरी छायाँकन सुरु गरिएको फिल्मका लागि एक महिनाको सुटिङ सेड्युल तोकिएको थियो। तर निर्देशक ढुंगाना र कलाकारहरूको सक्रियताका कारण ८ दिनअघि नै सुटिङ सम्पन्न भएको हो।
फिल्ममा निर्देशक ढुंगाना स्वयं मुख्य भूमिकामा देखिनेछिन्। साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारले पनि अभिनय गरेका छन्।
फिल्ममा कथा र पटकथा स्वयं ढुंगानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका छन्। सुदीप बराल डिओपी रहेको फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा छन्। कार्टुन क्रुबाट चर्चित सरोजको यो पहिलो फिल्मी अनुभव हो। फिल्मको रिलिज डेट आगामी भदौ १२ गतेका लागि तय गरिएको छ।











प्रतिक्रिया