नवलपरासी।
पूर्वी नवलपरासीमा शुक्रवार दिउँसो माेटरसाईकलमा सवार श्रीमान् श्रीमतीलाई टिपरले ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको थुम्सीमा नारायणगढबाट पश्चिम भेडाबारी तर्फ जाँदै गरेको ना ७ ख ८६२१ नम्बरकाे टिपरले सोही दिशा तर्फ जाँदै गरेको लु १ प ९२३७ नम्बरकाे माेटर साईकललाई ठक्कर दिएको थियो ।
टिप्परकाे ठक्करबाट माेटर साईकल चालक देवचुली १० का ४० वर्षीय राज बहादुर थापा र उनकी श्रीमती ३५ वर्षकी जमुना गिरी थापा गभीर घाइते भएका थिए ।
घाइते चालक थापाको दुवै हात खुट्टा अनुहारमा चाेट तथा माेटर साईकलकाे पछाडि सवार गिरीकाे टाउकाेमा चाेट लागेकाले गंभीर अवस्थामा घाइते दुबैलाई उपचारार्थ नयाँ मेडिकल कलेज भरतपुर पटाइएको थियो ।
उपचारकै क्रममा घाइते मध्ये श्रीमती जमुना गिरी थापालाई दिउँसो २:२१ बजे चिकित्सकले मृत घोषणा गरेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
प्रहरीले दुवै सवारी साधन र टिपर चालक चितवन जिल्ला भरतपुर उपमहानगर पालिका १८ निवासी ३२ वर्षीय सुनिल महताेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।











प्रतिक्रिया