काठमाडौं।
वीर अस्पताल को निमित्त निर्देशकको जिम्मेवारी प्राडा प्रभा कोइराला चापागाईंले पाउनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्राडा कोइरालालाई उक्त जिम्मेवारी प्रदान गरेकी हुन् ।
प्राडा कोइराला कार्डियोलोजिष्टका रूपमा परिचित छन् ।
यसअघि अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का सबै पदाधिकारी पदमुक्त भएपछि वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पनि राजीनामा दिएका थिए । उनले गत मंगलबार स्वास्थ्यमन्त्री मेहता समक्ष राजीनामा बुझाएका थिए ।
त्यसपछि रिक्त रहेको निर्देशक पदमा वरिष्ठता र कार्यक्षमताका आधारमा प्राडा कोइरालालाई जिम्मेवारी दिने निर्णय गरिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ।











प्रतिक्रिया