नक्कली पेस्तोल देखाई लुटपाट गर्ने  पक्राउ 


रौतहट। 

 रौतहटमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगरपालिका वडानम्बर ४ निवासी २० वर्षीय शेख जवेर रहेका छन् ।

 उनले गौर नगरपालिका वडानम्बर ५ बीपी चौक स्थित सार्वजनिक सडकमा  मादक पदार्थ सेवन गरी नक्कली पेस्तोल -खेलौना) देखाई सडकमा हिडने पैदल यात्रुलाई डर त्रास देखाई पैसा लुटन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका जवेरमाथि अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले बताए ।