त्रियुगा प्रज्ञा प्रतिष्ठानमा योग्यता नपुगेकालाई समावेश 

0
Shares

उदयपुर ।

 उदयपुरको त्रियुगा नगरपालिकाले साहित्य, कला, भाषा तथा संस्कृतिको संरक्षण र विकासलाई संस्थागत गर्ने उद्देश्यसहित “त्रियुगा प्रज्ञा प्रतिष्ठान” गठन गरेको छ। 

त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गाईघाटले नगरभित्र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई समेट्दै प्रतिष्ठान गठन गरेको भए पनि केही सदस्यहरु योग्यता नपुगेकालाई समेटेको गुनासो बाहिर आएको छ ।

तीन दशकभन्दा लामो समयदेखि छन्द लेखनमा लागेका महाकाव्यकार, हास्यव्यङ्य क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि लेखनमा लागेका, उदयपुरकै पहिलो कथाकारका रुपमा सुपरिचत लेखकहरुलाई पन्छाएर नामै नसुनिएको कनीकुथी लेख्न पनि नजान्नेलार्य समेटेको, निरन्तर लेखिरहने, राष्ट्रिय स्तरमा परिचित, भाषा, साहित्य कला, संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान दिएकाहरुलाई पाखा लगाएर, जिल्लामा क्रियाशील लेखक साहित्यकारहरुसँग छलफल नगरी नगरपालिकाको कार्यपालिकाको बैठकबाट गठन गरिएको हो ।

नगरपालिकाका अनुसार १४औँ नगरसभाबाट पारित “त्रियुगा प्रज्ञा प्रतिष्ठान ऐन, २०८१” कार्यान्वयनमा ल्याइएको हो । उक्त ऐनमार्फत ज्ञान, विज्ञान, प्रविधि, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

नगर कार्यपालिकाको ५९औँ बैठकले ऐनको दफा ५ अनुसार प्रतिष्ठानको संगठनात्मक स्वरूप निर्धारण गर्दै परिषद् र कार्यसमितिमा पदाधिकारीहरू मनोनयन गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काद्वारा जारी पत्रमा सो जानकारी दिइएको छ ।

नगर प्रज्ञा प्रतिष्ठानको अध्यक्ष जस्तो पदमा वा सदस्यमा नेपाली विषय वा सदस्यको सम्बन्धित विषयमा स्नातकोत्तर गरेको वा कम्तीमा स्नातक गरेको हुन पर्ने, कृति प्रकाशन गरेको, सम्बन्धित क्षेत्रको अनुभवी विज्ञलाई सदस्य मनोनयन गर्नु पर्नेमा सो नगरेको भन्ने गुनासो बाहिर आएको छ । 

यस विषयमा त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काले कार्यपालिका बैठकले सिफारिस समिति गठन गरेको र सोही समितिको सिफारिसका आधारमा अध्यक्ष तथा सदस्यहरु मनोनयन गरिएको बताए ।

समितिको सदस्य रहेका त्रियुगा नगरपालिका वडा नं १ र ३ का वडाध्यक्ष क्रमशः मनोज चौधरी र तिलक बहादुर कटुवालले आफूहरु सिफारिस समितिको सदस्य रहेको भए पनि नगरकार्यपालिकाको बैठकको  निर्णय अनुसार त्रियुगा प्रज्ञा प्रतिष्ठानको अध्यक्ष तथा सदस्यहरु मनोनयन गरिएको बताए । 

नग गठित त्रियुगा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवका रुपमा रहेका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी कौशल चेम्जोङसँग अध्यक्ष तथा सदस्यहरुको योग्यताका विषयमा जिज्ञासा राख्दा उनले यो तदर्थ समिति भएको र पछि सबैलाई समेटेर विसतार गरिने जानकारी दिएपनि अध्यक्ष तथा सदस्यहरुको योगयताका बारेमा कुनै जवाफ दिएनन् ।  

पहिलो गाँस मै ढुङ्गा चपाउने गरी ल्याइएको त्रियुगा प्रज्ञा प्रतिष्ठान ऐन २०८१ अरहनेनुसार प्रज्ञा प्रतिष्ठान गठन गरे पनि त्यो सबे कागज मै सीमित रहने र त्रियुगा नगरपालिका भित्रका सबे लेखक साहित्यकारहरुसँग व्यापक रुपमा छलफल गरेर, सबै पक्षकालाई, सबै विषयका योग्यलाई समेटेर गठन गर्नु पर्नेमा हचुवाका भरमा गठन गरिएको व्यापक चर्चा चलेको छ ।