खोटाङ।
जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन निर्देशन जारी गरेको छ । प्रशासनले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको अद्यावधिक विवरण वैशाख २५ गते शुक्रबारसम्म उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रभात ढकालद्वारा हस्ताक्षरित पत्रमा अतिक्रमित जग्गा पहिचान गर्नुका साथै ती जग्गा खाली गराउने ठोस योजना समेत पेस गर्न आग्रह गरिएको छ । प्रशासनले यस्तो विवरणको ‘हार्ड’ र ‘सफ्ट’ दुवै प्रति माग गरेको छ ।
गृह मन्त्रालयको यही वैशाख १६ गतेको निर्देशनका आधारमा यो प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जनाउनुभयो ।
विवरण प्राप्त भएपछि अवैध संरचना भत्काउन सुरु गर्ने प्रजिअ कँडेलको भनाई छ । जिल्लामा विशेष गरी हलेसी तुवाचुङ नगरपालिका र बराहपोखरी गाउँपालिकामा ठुलो मात्रामा जग्गा अतिक्रमण भएको प्रारम्भिक तथ्याङ्क रहेको छ । त्रिधार्मिकस्थल हलेसी र पर्यटकीय बराहतालको जग्गा व्यक्ति विशेषले कब्जा गरेको पाइएको छ।
हलेसी मन्दिरको जग्गाका विषयमा गुठी संस्थानले यसअघि नै छानबिन थाले पनि राजनीतिक संरक्षणका कारण संरचना हटाउन सकिएको थिएन ।
२०७२ मा गुठीले २९ जना स्थानीयको नाममा म्याद तामेली गरे पनि कार्यान्वयन हुन सकेको थिएन । त्यस्तै, बराहापोखरीमा थुप्रै व्यक्तिले सार्वजनिक जग्गा मिचेर घरटहरा बनाएका छन् । गाउँपालिकाले यसअघि डोजर लगाएर ती संरचना भत्काए पनि पुनः सोही स्थानमा घरटहरा निर्माण गरिएको पाइएको छ ।











प्रतिक्रिया