खोटाङमा करेन्ट लागेर एकको मृत्यु

1.03k
Shares

खोटाङ ।

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेण्ट लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो ।

ट्रान्सफर्मरमा फ्युज फेर्न पोलमा चढेका राईलाई अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बबेन्द्र राईले जनाउनुभयो ।

अवरुद्ध विद्युत पुनः सञ्चालन गर्ने क्रममा राई विद्युतको पोलमा चढ्नुभएको राईको बुधबार साँझ मृत्यु भएको हो ।

वडाध्यक्ष राईका अनुसार मृतक राईका तीन छोरा र एक छोरी रहेका छन् । मृतकको शव जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्टमका लागि दिक्तेल ल्याउने जनाईएको छ ।।