काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम बुधबार सार्वजनिक भएसँगै महासंघले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व पाएको हो ।
निर्वाचन समितिका अनुसार महासंघको ७३ पदका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अञ्जन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षहरुमा जिल्ला÷नगर समूहबाट कृष्ण प्रसाद शर्माले ८७ मत प्राप्त गर्दै विजयी भएका छन् उनका प्रतिस्पर्धी दिल सुन्दर श्रेष्ठ ८० मत प्राप्त गरेका छन् । वस्तुगत समूहबाट नरेशलाल श्रेष्ठ ६३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएट समूहबाट प्रबलजंग पाण्डे १ हजार ७९ मत ल्याउँदै विजयी भए । उनकी प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरिन् ।
त्यस्तै जिल्ला÷नगर समूहअन्तर्गत खुला सदस्यतर्फ अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ गीता अमात्य र हिरा भट्टराई विजयी भएका छन् ।प्रदेशगत प्रतिनिधित्वतर्फ कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ शाह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा (निर्विरोध) सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी भएका छन् । सुदूरपश्चिमको अर्को पदमा दानबहादुर सुर्मेली र पदमराज चौलागाईंले समान मत (७÷७) ल्याएपछि दुवैले आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् ।
वस्तुगत समूहबाट सदस्यतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन्।
यसैगरी निरजबहादुर चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान मत (५०÷५०) ल्याएपछि उनीहरूले पनि कार्यकाल बाँडफाँट गर्ने सहमति गरेका छन् । महिला सदस्यतर्फ सुनिता न्हेमहाफुकी ५४ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी कमला श्रेष्ठले ४८ मत पाइन्। अन्य सदस्यतर्फ विश्वनाथ खनाल र सुनैना घिमिरे निर्वाचित भएका छन्।
एसोसिएट समूहबाट कार्यसमिति सदस्यतर्फ अम्बिका प्रसाद पौडेल, इश्वरबहादुर जिसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी, बुलामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, सचिन ढकाल र सुयस प्याकुरेल निर्वाचित भएका छन् ।
यसैगरी रामशरण भण्डारी, शक्तिकुमार वेगनी, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा पनि सदस्यमा विजयी भएका छन्।
महिला सदस्यतर्फ अभिज्ञ मल्ल र जुना माथेमा निर्वाचित भएका छन्। माथेमाले १,१५६ मत र मल्लले १,०५९ मत प्राप्त गर्दै प्रतिस्पर्धी जमुना पौडेल र शोभा ज्ञवालीलाई पराजित गरेका हुन् । द्विराष्ट्रिय समूहबाट मनोज पौडेल निर्वाचित भएका छन् भने संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ चयन भएका छन् ।











प्रतिक्रिया