एभरेष्ट चेम्बरले नयाँ नेतृत्व चुन्यो


काठमाडौं ।

एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । नयाँ दिल्ली मा सम्पन्न वार्षिक साधारणसभाबाट संस्थाले आगामी २०२६–२०२९ कार्यकालका लागि नेतृत्व चयन गरेको हो ।

साधारणसभाले संस्थागत एकता र साझा लक्ष्यप्रतिको प्रतिबद्धता झल्काउने गरी सर्वसम्मत नेतृत्व चयन गरेको जनाइएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा अन्तर्राष्ट्रिय योगगुरु तथा व्यवसायी डा. मोहन कुमार कार्की निर्वाचित भएका छन् । अध्यक्ष कार्कीको अन्तर्राष्ट्रिय अनुभव र भारत–नेपालबीच व्यापार तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सक्रिय भूमिकाले संस्थालाई थप गतिशील बनाउने संस्थाको विश्वास छ ।

नयाँ कार्यसमितिमा विभिन्न क्षेत्रगत जिम्मेवारीसहित उपाध्यक्षहरू चयन भएका छन्। अन्तर्राष्ट्रिय मामिलातर्फ दुर्गा प्रसाद सुवेदी, पश्चिम भारतका लागि मनोज कोटाल, मध्य भारतका लागि खुमानन्द पाण्डे (गणेश), उत्तर भारतका लागि प्रमोद खरेल र राम नेपाल, पूर्वी भारतका लागि खिमराज बराल तथा नेपाल मामिलाका लागि राजकुमार श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन्।

महासचिवमा चन्द्र प्रसाद लामिछाने र सह–महासचिवमा लक्ष्मण प्रसाद पाण्डे चयन भएका छन्। सचिवहरूमा विष्णुमूर्ति बराल (महाराष्ट्र), विवेक शर्मा र सौरभ पोखरेल रहेका छन् भने कोषाध्यक्षमा सीए सन्दीप कौशल र सह–कोषाध्यक्षमा विष्णु पौडेल चयन भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुनिल मिश्र, विष्णु प्रसाद शर्मा न्यौपाने, राज शर्मा, लक्ष्मण पाण्डे, मिलन शर्मा, घनश्याम शर्मा, भुपेन्द्र बस्नेत, जुद्धबहादुर जीटी, किशन कुमार, जीवन शर्मा, कमला क्षेत्री र दिल खत्री चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले भारत–नेपाल व्यापार तथा लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै साना तथा मझौला उद्यम (ःक्ःभ्) विकास, पर्यटन र सांस्कृतिक आदानप्रदान विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने लक्ष्य लिएको छ ।