सुर्खेत ।
जुम्ला को पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन्। एक २६ वर्षीया युवतीले जबरजस्ती करणी गरेको आरोप लगाउँदै दिएको जाहेरीका आधारमा बुधबार प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जुम्ला जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।
प्रहरीका अनुसार पीडित युवतीको किटानी जाहेरीपछि वडाध्यक्ष बुढालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
घटनासम्बन्धी थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन बयान संकलन तथा अन्य प्रमाण जुटाउने काम भइरहेको जनाएको छ।











प्रतिक्रिया