तीन महिनामा उनन्तीस थान घरेलु हिंसाका उजुरी

1.22k
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा २०८२ माघ फागुन चैत्रसम्मको ३ महिनाको अवधिमा घरेलु हिंसाका २९ थान उजुरी दर्ता भएका छन् ।

समाजमा जनचेतना बढाउने काम स्थानीय तहको टोल विका संस्था मार्फत हुने र ्प्रहरीले पनि समय समयमा आफ्नो कार्य योजना अनुसार सचेतना कार्यक्रम संचालन गर्दै आएको छ । तर पनि ससाना विवादका कारण घरेलु हिंसाका घटनाहरु भैरहेको छ । यस्ता हिंसाका घटना गाउँपालिकामा भन्दा नगरपालिका क्षेत्रमा नै बढी भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्राप्त विवरण अनुसार २०८२ माघमा घरेलु हिंसा सम्बन्धी उजुरी १४ वटा, फागुनमा ८ वटा र चैत्रमा ७ वटा दर्ता भएका छन् । दर्ता भएका उजुरीहरु मध्ये माघमा १२ वटा, फागुनमा ४ वटा र चैत्रमा ३ वटामा मिलापत्र भएको छ ।

३ महिनामा २९ थान उजुरी दर्ता भएकोमा १९ वटामा मिलापत्र भएको छ । १० थान उजुरी काम बाँकी रहेको छ । दर्ता भएका उजुरीमा पीडित पनि २९ जना नै रहेको र पीडक भने ३० जना रहेको, जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोछ ।

प्राप्त उजुरीहरु महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फको भएको र मिलापत्रका माध्यमबाट उजुरीहरुलाई टुंगो लगाइएको छ भने महिला बालबालिका तथा जेष्ठ नागरिक यस्ता खाले घरेलु हिंसाबाट बढी पीडित हुने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरेलु हिंसाका घटनाममा समाजमा कुनै पनि प्रकारको हिंसा हुन नदिन जिल्लाका प्रत्येक पालिकाको वडामा, टोल विकास संस्था मार्फत जनचेतना अभियान संचालन गर्ने गरेको, सडक नाटक, गोष्ठी तथा प्रचारप्रसार लगायतका कार्यक्रमहर गर्ने गरेकोले विगतको तुलनामा अहिले घरेलु हिंसाका घटनाममा केह िकमी आएको प्रहरीको दावी छ ।

यसैगरी ठाडो उजुरी तर्फ २०८२ माघदेखि चैत्र सम्मको तीन महिनाको अवधिमा २ सय ६३ वटा दर्ता भएकोमा २सय ४५ वटा उजुरीको मिलापत्र भएको छ भने १८ वटा उजुरी काम बाकीमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आवश्यक कार्वाहीकालागि तीन महिनाको अवधिमा २५ थान उजुरी आएकोमा १९ थान उजुरीमा आवश्यक छानविन तथा अनुसन्धान गरेर मिलापत्र भएको छ भने प्राप्त भएका मध्ये ६ थान उजुरीहरु काम बाँकीमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।