लाइफ ड्यामेजको डान्सिङ नम्बर


आगामी जेठ १ गते रिलीजमा आउने फिल्म लाइफ ड्यामेजमा समावेश डान्सिङ नम्बर सार्वजनिक गरिएको छ।

सार्वजनिक गीत फन रिभोलुसनको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। ब्युटिफुलम बोलको सार्वजनिक गीतमा एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द रचना, एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। किरण थापाको कोरियोग्राफीमा तयार भएको भिडियोमा ऊर्जाशील प्रस्तुति देखिन्छ।

फेन्टासी कमेडी ड्रामा विधामा बनेको फिल्मबाट कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले निर्देशनमा डेब्यु गरेका छन्। उनले फिल्ममा अभिनेत्री सुरक्षा पन्तस“ग स्क्रिन सेयर समेत गरेका छन्।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला, निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा तयार पारेका छन्। निर्देशक श्रेष्ठले फिल्मलाई मनोरञ्जनात्मक र फरक स्वादको बनाउने प्रयास गरिएको बताएका छन् भने अभिनेत्री सुरक्षा पन्तले कथा र अवधारणाले आफूलाई आकर्षित गरेको बताइन्। प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको फिल्मको वितरण बटरपप्mलाई फिल्म्स्ले गर्नेछ।