अध्यादेशको असर:  रापबोर्डका सदस्यसचिव अर्याल पदमुक्त 

6.2k
Shares

काठमाडौं ।

 राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालको पदमुक्त  हुनुभएको छ । यससंगैबोर्ड नेतृत्वविहीन भएको छ । करिब एक वर्ष बाँकी हुँदा  सदस्य सचिव अर्याल पदमुक्त हुनुभएको हो। 

 सरकारले अध्यादेश मार्फत शिक्षा ऐन र नेपाल ऐन संशोधन  गरेपछि सदस्यसचिव अर्याल पदमुक्त हुनुभएको हो । २०८१ जेठ ८ गते नियुक्ति भएका अर्यालले साढे २ वर्ष लामो कार्यकाल पूरा गर्नुभएको छ । उहाँको  ०८३ चैत ११ मा अवकाश हुँदैछ । 

  पदममुक्त भएपछि सहसचिवको हैसियतमा बोर्डमा काम गरिरहेका छन् । आज कार्यालय आउनुभयो, सदस्यसचिव नभै सहसचिवको   हैसियतमा काम गर्नुभयो–बोर्डका कर्मचारीले न्युज अफ नेपालसंग भने ।

 बोर्डमा पुसदेखि अध्यक्षपद रिक्त भएको छ । चारमहिना पुग्दापनि  अध्यक्ष नियुक्ती हुन सकेको छैन । सोमबारबाट सदस्यसचिवको पदरिक्त भएको छ । कहिले नयाँ नियुक्ती हुन्छ थाहा छैन–ती कर्मचारीले भने । सरकारले राजनीतिमा नलागेका स्वतन्त्र र विज्ञलाई सदस्य सचिव बनाउने तयारी गरेको छ । 

 सदस्यसचिव नआउन्जेल निमित्त दिने तयारी मन्त्रालयले गरेको छ ।  बोर्डको अध्यक्ष नियुक्ति नभएपछि बाँकी  काम उपाध्यक्षको रुपमा शिक्षा सचिव चूडामणि पौडेलले गर्नुहुने भएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले तत्काल सदस्यसचिव नहुन्जेलसम्म मन्त्रालयले विकल्प खोज्ने बताउनुभयो । बोर्डमा  आर्थिक, प्रशासनदेखि कार्यालय व्यवस्थापनसम्म सबै भूमिका सदस्यसचिवको हुन्छ । 

 बोर्डका कर्मचारीका अनुसार अब सदस्यसचिव नियुक्ति गर्दा स्वतन्त्र र विज्ञताको आधारमा गर्नुपर्ने बताए । सदस्यसचिवबाट पदमुक्त हुँदासाथ अर्यालले फेरी सोहीपदमा नियुक्ति हुन चलखेल गरिरहनुभएको स्रोतको भनाई छ । परीक्षा अनुगमनको क्रममा देश दौडाहामा लागिरहनुभएका अर्याल पदमुक्त हुँदासाथ कार्यालयमा बस्न थाल्नुभएको छ ।