कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै


काठमाडौँ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ।

कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको बताएका हुन् । बैठकमा असन्तुष्ट देखिएका पार्टीका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादकाे बारेमा पनि छलफल हुने जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितका लागि अनुरोध गरिएको छ । यसअघि यही वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।