हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

1.5k
Shares

खोटाङ ।

खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको मृत्यु भएको हो ।

शनिवार दिउँसो स्थानीय ढकालेखोला भीरबाट खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताउनुभयो।

बमबहादुरले घाँस गोठालो जाँदा हराएको खुकुरी खोज्नेक्रममा दुवै जनाको भीरबाट खसेर मृत्यु भएको हो । बैसाख १८ गते घाँस काट्ने क्रममा बमहादुरले खुकुरी हराउनुभएको थियो ।

हराएको खुकुरी खोज्नका लागि बमबहादुरले छिमेकी मनीकुमारलाई साथी लिएर ढकालेखोला भीर पुग्बुभएको थियो । खुकुरी खोज्दै जाँदा भीरमा एक जना चिप्लिएपछि एकलेअर्कालाई समाउँदा दुबै जना भीरबाट खसेको अनुमान गरिएको वडाध्यक्ष राईले सुनाउनुभयो ।

दुबै जनाको शवलाई पोष्टमार्टमको लागि उदयपुरको बेलटार लगिएको प्रहरीले जनाएको छ ।