काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड निकट नेतृ पुनम यादवले दलीय राजनीतिबाट टाढा रहने घोषणा गरेकी छन् ।
लामो समयसम्म नेपालको कम्युनिष्ट राजनीतिमा सक्रिय यादवले आज सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफू तत्कालका लागि दलीय राजनीतिबाट टाढा रहनका लागि बिदा लिइएको जानकारी दिइन् ।
“नेपाल कम्युनिष्ट पार्टीमा १० वर्षभन्दा बढीको यात्रामा म इमान्दार भएर बसे र काम गरे, तर अब यो यात्रा आजका दिनबाट विभिन्न कारणले गर्दा टुंगिएको छ”, उनले भनेकी छन्, “ अबका दिनबाट म कुनै पनि राजनीतिक दल वा समूहमा संलग्न नभइ स्वतन्त्र रहेर काम गर्ने घोषणा गर्दछु, यो यात्रामा साथ, माया, हौसला दिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ।”
यादव गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रौतहट–३ बाट उम्मेदवार थिइन् ।
नेपाल र भारत सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी यादवको भारतीय हिन्दु धर्मगुरु र बलिउड कलाकारहरुसँग राम्रो सम्बन्ध छ । उनले यसअघि भारतीय कलाकार तथा धार्मिक गुरुहरुलाई नेपाल ल्याउनका लागि भूमिका निर्वाह गरेकी छन् ।
राजनीतिक वृत्तमा सम्भावना भएकी यादवले आफूले कुन कारणले यो निर्णय लिइन भन्ने विषयमा कुनै पनि कुरा खुलाएकी छैनन् ।











प्रतिक्रिया