अमेरिकामा बेवारिसे बनेका नेपाली युवक सुनिल गिरीको उद्धार


काठमाडौं ।

अमेरिकाको सान फ्रान्सिस्कोमा बेवारिसे अवस्थामा कष्टकर जीवन बिताइरहेका नेपाली युवक सुनिल गिरीको उद्धार गरिएको छ।

उनको अवस्थाबारे जानकारी पाएपछि गोपाल योगी र मनिता सान डियागोबाट विशेष रूपमा उनलाई खोज्न पुगेका थिए।

तीन दिनसम्म लगातार खोजी गरेपछि उनीहरूले सुनिललाई फेला पारी सुरक्षित रूपमा सान डियागो लगेका छन्।

अहिले उनको स्वास्थ्य उपचार र आवश्यक हेरचाह भइरहेको छ। यस कार्यले अमेरिकामा रहेका नेपाली समुदायको सहयोग र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

संचार सुर्ता अनलाईनबाट