काठमाडौं ।
रातो मत्स्येन्द्रनाथ रथयात्रा अन्तर्गत ललितपुरको लगनखेलमा मंगलबार हुने रथ पूजाका लागि बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। उपत्यकाका विभिन्न स्थानबाट आएका भक्तजनहरूले रथमा पूजाअर्चना गर्दै मनोकामना पूरा हुने विश्वास व्यक्त गरेका छन्।
वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा उपत्यकाको महत्वपूर्ण सांस्कृतिक पर्व हो। परम्पराअनुसार, खडेरी अन्त्य गर्न प्राचीन कालमा मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको विश्वास छ।
लगनखेलमा हुने रथ पूजा धार्मिक मात्र नभई सामाजिक एकताको प्रतीकका रूपमा समेत स्थापित छ। सोमबार राति भने रथमा परम्पराअनुसार पशु तथा अण्डाको बली दिइएको थियो।











प्रतिक्रिया