काठमाडौँ ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २,९०३ जना सवारी चालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २५ लाख ५६ हजार राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गर्ने १२७, नियम विपरीत राइड सेयरिङ गर्ने २८१, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने २०० तथा तीव्र गतिमा सवारी चलाउने १७६ जनालाई कारबाही गरेको जनाएको छ।
त्यसैगरी, लेन अनुशासन नमान्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ७४ र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १,४९९ जनालाई समेत कारबाही गरिएको छ।











प्रतिक्रिया