थापाथलीसहित तीन क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने तयारी


काठमाडौं ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। महानगर र प्रहरीले संयुक्त रूपमा थापाथली, सिनामंगलको गैरीगाउँ तथा मनोहरा क्षेत्रका बस्ती हटाउने तयारी गरेको जनाइएको छ।

बस्ती खाली गराउने चेतावनीपछि स्थानीयहरू सामान सार्न व्यस्त देखिएका छन्। केहीले शुक्रबार नै स्थानान्तरण गरिसकेका छन् भने बस्ने वैकल्पिक ठाउँ नपाएकाहरू अझै बस्तीमै बसिरहेका छन्। यसैबीच, स्थानीयहरूले सरकारले सुकुम्बासी समस्या समाधानको स्थापित प्रक्रिया उल्लंघन गरेको आरोप लगाएका छन्।