काठमाडौ ।
नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा वर्षा र हिमपात भइरहेको छ। तर, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म तातो लहर चल्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
ती क्षेत्रका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। अत्यधिक गर्मीका कारण थकान, टाउको दुख्ने, चक्कर आउनेजस्ता समस्या देखिन सक्ने भएकाले दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र हल्का कपडा लगाउन सुझाव दिइएको छ।
आउँदो सातादेखि मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा बढ्ने सम्भावना रहेको छ, जसले तापक्रम घटाउनुका साथै गर्मीबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया