सुनचाँदी सस्तो बन्दै, बजारमा मूल्यमा लगातार गिरावट


काठमाडौं ।

काठमाडौंमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २,२०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार प्रतितोला ५,०२० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २५ रुपैयाँले घटेर ४,९९५ रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रतिऔंस ४,६७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Skip This