काठमाडौं ।
काठमाडौंमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज शुक्रबार निर्वाचन हुँदैछ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि दलको नेता चयन प्रक्रिया अघि बढेको हो।
निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने छ भने ४:४० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ५ बजेदेखि मतदान हुने कार्यक्रम तय गरिएको छ।
संसदीय दलको नेताका लागि अर्जुन नरसिंह केसी, भिष्मराज आङदेम्वे, मोहन आचार्य र निष्कल राई लगायतले आकांक्षा व्यक्त गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।
यसैबीच कांग्रेस सांसदहरूले संसदीय दलको विधान पारित गरी अनुमोदनका लागि पार्टीमा पठाएका छन्।











प्रतिक्रिया