काठमाडौँ ।
काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र दिवसको अवसरमा सरकारलाई अधिकार संरक्षण, जनजीविका सुधार र सुकुमबासी समस्याप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्। उनले २०६३ को जनआन्दोलनले निरंकुशता अन्त्य गरेको स्मरण गर्दै लोकतन्त्रलाई निरन्तर जिम्मेवारीका रूपमा लिनुपर्ने बताए।
महरले लोकतान्त्रिक व्यवस्थाले उपलब्धि हासिल गरे पनि जनअपेक्षा अझै पूरा हुन नसकेको उल्लेख गर्दै जनविश्वास कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। राज्यमा बढ्दो केन्द्रीकरण, महँगी, बेरोजगारी र कमजोर सेवा प्रवाहले जनजीवन प्रभावित भएको उनको भनाइ थियो।
सुकुमबासी तथा भूमिहीन समुदायको दिगो व्यवस्थापन आवश्यक रहेको उनले जोड दिए। महरले यी विषयमा ढिलाइ भए लोकतन्त्रप्रतिको जनविश्वास झनै कमजोर हुने चेतावनी दिएका छन्।











प्रतिक्रिया