काठमाडौँ।
सरकारले कर्मचारीहरुको विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको हो ।
सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै सरकारले सवैखाले सरकारी कार्यालयका कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गर्न भनेको हो ।
कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न र १५/१५ दिनमा हाजिरीको प्रिन्ट निकालेर प्रमाणित गरी सुरक्षित राख्न पनि निर्देशन दिइएको छ । यसैगरी कर्मचारीको दैनिक उपस्थितिको सुक्ष्म अनुगमन गर्न पनि निर्देशन दिइएको छ ।











प्रतिक्रिया