काठमाडौँ।
स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदै गरेकाे भारतीय तीर्थयात्री सवार जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भई स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटना भएको हो।
दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन्। तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
जीप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो। घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ। मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया