काठमाडौं ।
काठमाडौं महानगरपालिकाले विश्वबक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
दुबईमा गत नोभेम्बरमा भएको प्रतियोगिताको पुरुष ५४ केजी तौल समूहमा कांस्य जितेका चन्द्रलाई १ लाख नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको हो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धरलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।











प्रतिक्रिया