नेपालमा आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना


काठमाडौँ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण हिमाली क्षेत्रमा साधारण बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान अनुसार आज दिउँसो हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। कोशी प्रदेशसहित पहाडी र तराईका केही भागमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा मौसम सामान्यतया सफा रहनेछ।

यसैबीच मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यकामा गर्मी बढ्ने र केही स्थानमा तातो लहरको सम्भावना देखिएको छ। राति भने अधिकांश भूभागमा मौसम सफा रहनेछ भने हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।