काभ्यालाई यु–१६ फुटसल उपाधि


काठमाडौं।

काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा भएको फाइनलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २–० गोलले पराजित ग¥यो।

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भएको प्रतियोगितामा एन्जल्स हार्ट मावि तेश्रो भयो । एन्जल्स हार्ट माविले समृद्धिलाई ४–२ गोलले हरायो ।
काठमाडौं लोक शिक्षणका विजेश वाइबा उत्कृष्ट खेलाडी, काभ्याका आराध्य रेग्मी उत्कृष्ट गोलरक्षक, समृद्धिका समन महर्जन उदीयमान खेलाडी र काभ्याका विप्लोप दर्लामी सर्वाधिक गोलकर्ता बने । स्मृद्धि उदीयमान टिम घोषित भयो ।