काठमाडौं ।
रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङल्हामु सडक खण्डबाट अवैध अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको यात्रुवाहक बसमा नियमित जाँच गर्ने क्रममा धादिङका ३७ वर्षीय सुशील गुरुङ पक्राउ परेका हुन्। उनको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद विदेशी मुद्रासहित पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया