सिन्धुली ।
कालोपत्रे सडक निर्माण भएपछि सिन्धुलीको घ्याङलेख गाउँपालिकाको मुहार फेरिँदै गएको छ । सिम्लेखोला–हायूटार–सोलाभज्याङ सडक खण्डमा करिब १७ किलोमिटर सडक कालोपत्रे भए पछि गाउँपालिकाको मुहार मात्रै फेरिएको छैन स्थानीय बासिन्दाहरुको जीवनशैलीमा निक्कै सुधार आएको छ ।
बागमती प्रदेश सरकारको लगानीमा घ्याङलेख गाउँपालिकाको सिम्लेखोलादेखि सोलाभज्याङ सम्म करिब १७ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे बनाईएको छ । दुई वटा खोलामा पक्की पुल बनेको छ । केही महिना अघिसम्म कच्ची सडकमा यात्रा गर्न बाध्य यहाँका स्थानियबासीहरु अहिले पक्की सडकमा ओहोरदोहार गर्न पाउँदा हर्षित भएका छन् । सडक र पुल निर्माण भए पछि सदरमुकाम सिन्धुलीमाढी लगायत अन्यत्र आवतजावत गर्न स्थानीय बासिन्दालाई धेरै सहज भएको घ्याङलेख गाउँपालिका २ नम्बर वडाका पशुपति सुनुवारले बताउनुभयो । ‘अस्ती सम्म कच्ची सडक थियो । बर्षामा हिडडुल गर्न नै मुस्किल हुन्थयो । बिरामीलाई उपचार गर्न लैजान समेत अप्ठ्यारो थियो । अहिले त पक्की सडक, पक्की पुल बनेको छ । हामीलाई धेरै सजिलो भएको छ ।’ उहाँले भन्नुभयो । सडक बनेपछि स्थानिय कृषि उत्पादनको बजारीकरण गर्न देखि व्यापार व्यवसायमा पनि सुविधा पुगेको उहाँले सुनाउनुभयो ।

सिम्लेखोला–हायूटार र हायूटार–सोलाभज्याङ सम्म दुई खण्डमा ठेक्का लगाएर सडक कालोपत्रे गरिएको हो । सिम्लेखोला–हायूटार खण्डको सडक निर्माणको ठेक्का श्री जयबाबा गोरख –सारस –बालबोट जे.भी. काठमाडौँले पाएको थियो ।
यस निर्माण कम्पनीले कुल २४ करोड ८८ लाख ८३ हजार रुपैयाँ लागतमा १० दशमलव २० किलोमिटर सडकमा आस्फल्ट कङक्रिट कालोपत्रेको काम सम्पन्न गरेको छ । ठेकेदार कम्पनीले वि.स. २०८० असार १९ गते ठेक्का सम्झौता गरी २०८२ पुष २८ गते निर्माण कार्य सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
दोस्रो हायूटार–सोलाभज्याङ खण्डको ६ दशमलव ३० किलोमिटर सडक कालोपत्रे भएको छ । कुल १० करोड ८० लाख ३८ हजार रुपैयाँ लागतमा श्री संजिव –सिन्धुली जे.भी.ले सडक निर्माणको ठेक्का पाएको थियो । यस कम्पनीले वि.स. २०८१ जेठ १४ गते ठेक्का सम्झौता गरी २०८२ कार्तिक २८ गते निर्माण कार्य सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यही सडक खण्डमा पर्ने घ्याङलेख गाउँपालिका २ नम्बर वडाको दुई ओटा खोलामा पक्की पुल पनि निर्माण भएको छ । ठाडी खोलामा कुल ५ करोड ८७ लाख ९६ हजार रुपौयाँमा ४० मिटर लामो पुल निर्माण भएको छ । निर्माण कम्पनी श्री श्रृजना निर्माण सेवा, सिन्धुलीले २०८१ जेठ १४ गते सम्झौता गरी २०८२ जेठ १३ गते पुल निर्माणको काम सम्पन्न गरेको हो ।
तामाजोर खोलामा कुल ५ करोड ४० लाख ८८ हजार रुपैयाँ लागतमा ४० मिटर लामो पक्की पुल निर्माण भएको छ । यो पुल पनि निर्माण कम्पनी श्री श्रृजना निर्माण सेवा, सिन्धुलीले २०८१ जेठ १४ गते सम्झौता गरी २०८२ भदौ १४ गते पुल निर्माणको काम सम्पन्न गरेको हो । निर्माण भएको कालोपत्रे सडक र दुई वटै पक्की पुलको मंगलवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मी प्रसाद सापकोटाका अनुसार मंगलवार विहान ११ बजे मन्त्री देवकोटाले सडक र पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । सिम्लेखोला – हायूटार – सोलाभज्याङ सडक कालोपत्रेसँगै दुई ओटा पुल निर्माण भए पछि घ्याङलेख गाउँपालिकाबाट
सिम्लेखोला–हायूटार–सोलाभज्याङ सडक खण्ड कालोपत्रे भए पछि गाउँपालिकाको विकास अर्को चरणमा प्रवेश गरेको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताउनुभयो । सोलाभज्याङ – रामपुर सडक खण्डको पनि स्तरउन्नती र कालोपत्रे गर्ने लक्ष्य रहेको उपाध्यक्ष घलानले बताउनुभयो ।











प्रतिक्रिया