उदयपुर।
उदयपुरकाे चाैदण्डीगढी नगरपालिका वडा नं ७ बल्टार बजारमा आइतबबार राती ८..१५ बजे छिमेकी -छिमेकीबीचको विवादले एक जनाकाे ज्यान गएकाे छ ।
जिल्ला प्रहरी कार्यालय उउदयपुरले दिएकाे जानकारी अनुसार आइतबार राती २०:१५ बजेको समयमा जिल्ला उदयपुर चौदण्डीगढी न.पा. वडा नं. ०७ सिता पाईला टोल बस्ने बर्ष ७३ को राम प्रसाद राईले साेही ठाउँका छिमेकी बर्ष ६४ को माहाशेर राईलाइ छर छिमेकी सम्बन्धी विवाद भएकोमा आवेगमा धारिलो हतियार प्रहार गर्दा माहाशेर राइको छातीको दाँया पट्टिको माथिल्लो भागमा गहिरो चोट लागी घाइते भई उपचारको लागि नगर अस्पताल बेल्टारमा लगेकोमा निजको बाटोमै मृत्यु भएको भनी डाक्टरले मृत घोषणा गरेका थिए।
धारिलो हतियार प्रहार गर्ने राम प्रसाद राईलाई इप्रका बेल्टार उदयपुरबाट खटिएको प्रनि प्रभात लक्सम लिम्बु सहितको प्रहरी टोलीले नियन्त्रणमा लिई इप्रका बेल्टारमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।











प्रतिक्रिया