काठमाडौँ।
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।आइतबार तोलामा एक हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार प्रतितोला पाँच हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको थियाे । तर साेमबार भने चाँदी तोलामा पाँच हजार एक सय ९० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार सात सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।











प्रतिक्रिया