चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन्। शनिवार राति भएको मतदानमा कुल १ सय ६९ मध्ये ९५ मत प्राप्त गरेका बलामी लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा अत्यधिक बहुमतले निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गरेका थिए।
त्यस्तै संघको संगठन उपाध्यक्षमा पूर्व महासचिव रघुनाथ सापकोटा निर्वाचित भएका छन्। उनले ७३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नवीन गिरीले ६२ मत प्राप्त गरेका थिए। कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य निर्विरोध निर्वाचित हुँदा महिला उपाध्यक्षमा दिपज्योति थापा ७५ मतसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी सुष्मा कार्कीले ६२ मत प्राप्त गरेकी छन्।
सर्वाधिक धेरै ४ उम्मेदवारको प्रतिस्पर्धा भएको महासचिव पदमा गोपीकृष्ण चापागाई“ निर्वाचित भएका छन्। चापागाईंले ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत प्राप्त गरेका थिए। सो पदमा सीपी जैसीले १९ र पवन भट्टराईले १८ मत प्राप्त गरेका थिए।
सचिवमा ९४ मतसहित मदन रिजाल विजयी हु“दा प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत प्राप्त गरेका थिए। समावेशी सचिवमा महम्मद जलिम निर्विरोध भएका छन्।
कोषाध्यक्षमा ७४ मतसहित मनिष अञ्जान दाहाल निर्वाचित हु“दा प्रतिस्पर्धी निशा बजगाई“ले ६५ मत प्राप्त गरकी छन्। सहकोषाध्यक्षमा अर्जुन गुरागाई“ ६२ मतले निर्वाचित भए भने उनका प्रतिस्पर्धी भोला सुवेदी प्रवणले ४२ मत पाएका छन्।
सदस्य पदमा भने सुशील नेपाल, शालिकराम न्यौपाने, नवीन चापागाई“, दिपराज क्षेत्री, दिनेश थापा, सोजना विक लोहार, युवर्ण पौडेल (पूजा) र रतनबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। नया“ कार्यसमिति आगामी तीन वर्षका लागि चुनिएको हो।
संघको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष्ँ निर्मला शर्माले नया“ कार्यसमितिले पत्रकार र पत्रकारिताको हक हितमा राम्रो काम गर्ने विश्वास व्यक्त गरिन्। उनले सरकारले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने भन्ने घोषणाको विरोध गर्दै यसबाट सञ्चार माध्यमको घाँटी निमोठ्ने प्रयास भएको बताइन्। अर्का प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संघका कार्यक्रमलाई बोर्डले सघाउँदै आएको बताए।
निर्वाचनअघि महासचिव रघुनाथ सापकोटाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यष मनिष कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। निर्वाचनमा अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना प्रमुख निर्वाचन अधिकृत रहेका थिए भने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला र नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन निर्वाचन अधिकृत रहेका थिए।











प्रतिक्रिया