पोखरा।
पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रबाट १६ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई दुःख दिने र अनैतिक कार्यमा संलग्न हुनका लागि जबरजस्ती गर्ने महिलाहरुलाई शनिबार राती १२ बजेदेखी २ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार लेकसाइडमा पर्यटकहरुलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक कृयाकलाप बढ्दै गरेको जन गुनासो आउने गरेको थियो । उक्त गुनासो पश्चात् वडा प्रहरी कार्यालय बैदामको टोली उनीहरुलाई पक्राउ गरेको निमित्त सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
उनले पक्राउ परेका महिलाहरुको नाम भने खुलाएनन् । ‘लुटपाटै गर्दाको अवस्थामा हामीले भेटाएनौं तर, हामीलाई गुनासो आउने गरेका छन्’ उनले भने, ‘१७ वर्षदेखी २३ वर्षसम्मका महिलाहरु पक्राउ परेका हुन् । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।’











प्रतिक्रिया