काठमाडौं ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै ११ जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार विभिन्न स्थानमा गरिएको कारबाहीमा ७ ग्राम खैरो हेरोइन, ३३ ग्राम कोकिन तथा १२ हजार ६०० क्याप्सुल (ट्रामाडोल) बरामद गरिएको हो। उक्त अवैध लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ११ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
प्रहरीका अनुसार फरक–फरक अपरेशनमार्फत अभियुक्तहरूलाई पक्राउ गरिएको हो। पहिलो अपरेशनमा ७ ग्राम खैरो हेरोइनसहित ३ जना, दोस्रोमा ३३ ग्राम कोकिनसहित ४ जना र तेस्रोमा ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ परेका हुन्।
ब्यूरोले लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर निगरानी तथा अपरेशन जारी राख्ने जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको र कानुनी कारबाही अघि बढाइने पनि जनाएको छ।











प्रतिक्रिया