बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि


काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ। सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर तीन लाख दुई हजार आठ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुन तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार दुई सय ५० रुपैयाँ पुगेको छ, जुन बुधबारको तुलनामा ३० रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस चार हजार आठ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।