काठमाडौँ ।
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचनका लागि आज बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार अपराह्न १ देखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यलाई सभापतिमा प्रस्ताव गर्न सकिनेछ।
समितिका सदस्यहरू यसअघि नै मनोनीत भइसकेकाले तिनैमध्येबाट सभापति चयन गरिनेछ। संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेकाले मतदान भएमा अधिकांश समितिमा उसैको जित सुनिश्चित देखिएको छ।
यसबीच विपक्षी दलहरूबीच साझा उम्मेदवार तय गर्नेबारे छलफल जारी छ। नेकपा एमाले र नेपाली कांग्रेसलगायत दलहरूले संयुक्त बैठकमार्फत उम्मेदवारी दिने वा नदिने निर्णय गर्ने तयारी गरेका छन्।
उता रास्वपाले पनि आज संसदीय दलको बैठक बोलाएर समितिका सभापति चयनबारे रणनीति बनाउने जनाएको छ। प्रतिनिधिसभाअन्तर्गत दुई संयुक्तसहित १२ समितिका सभापति चयन गरिँदैछ, जसमध्ये एक लेखा समिति विपक्षीलाई दिने तयारी रहेको रास्वपाको भनाइ छ।











प्रतिक्रिया