फर्केर हेर्दा : २०८२ को कला क्षेत्र उपलब्धि र विवादको वर्षा

282
Shares

वर्ष २०८२ नेपाली कला क्षेत्रका लागि औसत रह्यो। अन्य वर्षहरू जस्तै यस वर्ष पनि कला क्षेत्र विभिन्न विवादले घेरिएको देखियो । कलाकारहरूको व्यक्तिगत मनमुटावदेखि घरायसी झगडासम्मका विषय सामाजिक सञ्जालमा छताछुल्ल भए ।
भदौमा भएको जेनजी आन्दोलनमा कलाकारहरूको सक्रिय सहभागिताले एकातिर प्रशंसा पायो भने अर्कोतर्फ विवाद पनि निम्त्यायो । त्यस्तै, संसद्मा कला र सौन्दर्य क्षेत्रका व्यक्तिहरूको प्रवेशले यो वर्षलाई रोमाञ्चक बनायो।

कान्समा नेपाली
कलाकारको सहभागिता

२०८२ साल जेठको पहिलो साता अभिनेता प्रदीप खड्का फ्रान्समा सम्पन्न ७८औ“ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी भए। कान्समा उनका साथमा निर्देशक प्रदीप शाही पनि सहभागी भएका थिए। प्रदीप अभिनित र शाही निर्देशित फिल्म एक्लोको प्रवद्र्वनका लागि उनीहरू फ्रान्स पुगेका हुन्। फिल्म एक्लो कान्स मार्केटमा सहभागी भएको थियो। फिल्मका निर्देशक शाही भने कान्स प्रोड्युसर्स नेटवर्कमा सहभागी छन्।

बजेटमा फिल्म क्षेत्रको उपेक्षा
सरकारले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को बजेटले नेपाली फिल्म र कला क्षेत्रलाई हेरेको हे¥यै बनायो। तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा संसद््को संयुक्त सदनमा विभिन्न शीर्षकमा कुल १८ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गर्दा फिल्म क्षेत्रलाई भने औपचारिकताका लागि मात्र सम्बोधन गरिएको थियो।

बजेटमा फिल्म छाया“कनका लागि इनडोर र आउटडोर स्टुडियो निर्मँणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भनियो। नेपाली मौलिक कला, संस्कृतिको प्रवद्र्धन र स्वदेशी विदेशी फिल्मको छाया“कनलाई सहज बनाउन इन्डोर तथा आउटडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिने बजेट भाषणका क्रममा मन्त्री पौडेलले बताएका थिए। बजेटमा कला र फिल्म क्षेत्रलाई खासै सम्बोधन नभएकाले कलाकर्मीमा सो बजेटले आश जगाउन सकेन।

सिक्री विवादले तात्यो संगीत क्षेत्र
नेपाली संगीत क्षेत्रमा गायिकाद्वय कला लम्साल र एलिना चौहानबीचको सिक्री विवादले सामाजिक सञ्जाल निकै तात्यो। अमेरिका सांगीतिक यात्रामा स“गै गए पनि कला बीचमै टुर छोडेर नेपाल फर्किएपछि मतभेद सुरु भएको थियो। अमेरिकाबाट फर्किएपछि कलाले आफूलाई गम्भीर स्वास्थ्य समस्या भएको र आयोजक तथा एलिनाले सहयोग नगरेको आरोप लगाइन्। कलाले एक युट्युब अन्तर्वार्तामा अमेरिकामा रह“दा आफ्नो सुनको सिक्री एलिनास“ग छुटेको र एलिनाले सोही सिक्री लगाएर पोडकास्टमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्। त्यसपछि एलिनाले भिडियोमार्फत आफूलाई चोरजस्तो बनाइएको गुनासो गर्दै आफूले चाहेको खण्डमा सिक्री मात्र होइन, किड्नी नै किन्न सक्ने हैसियत रहेको टिप्पणी गरेकी थिइन्। त्यसपछि कलाले सामाजिक सञ्जालमा कडा स्ट्याटस लेखिन् ‘भौतिक सुख किनौला तर मनको शान्ति?’ उनले एलिनालाई आफूले बहिनीसरह माया गरेको तर सिक्री फिर्ता लिन धेरै प्रयास गर्नुपरेको दाबी पनि गरिन्।


जेनजी आन्दोलनमा कलाकारको संलग्नता
भदौ २३ र २४ मा भएको विध्वसंक जेनजी आन्दोलनको क्रममा केही कलाकार विवादमा तानिए। भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीस“ग जोडिएका केही भिडियो र तस्बिरमा कलाकार पनि देखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भयो। जसमा मोडल सञ्चिता शाही ठकुरी, गायक चेतन सापकोटा, लोकदोहोरी गायिका सुस्मिता क्षेत्री र युट्युबर भाग्य न्यौपानेका गतिविधि पनि सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि तीमध्ये केहीले सामाजिक संजालमार्फत स्पष्टीकरण नै दिनु प¥यो। नायिका आ“चल शर्मालगायतले सो आन्दोलनलाई स्वस्थ रूपमा समर्थन गरेका थिए। अभिनेत्री आशिका तामाङलगायतले घाइतेहरूलाई अस्पतालमा गएर सेवा गरेका थिए। देशका ऐतिहासिक तथा सार्वजनिक सम्पति आगजनी तोडफोड भइरहेको स्थानमा कलाकर्मी देखिएपछि उनीहरूको गतिविधिलाई लिएर विवादसमेत उत्पन्न भएको थियो।

सामाजिक सञ्जालमा मोडल सञ्चिता शाही ठकुरीले संसद् भवन जलिरह“दा कुनै विजय उत्सव मनाए भ“mै नेपाली झन्डा फहराइरहेको देखिन्थिन्। त्यस्तै सामाजिक सञ्जालमा नै गायक तथा संगीतकार चेतन सापकोटाको पनि एक तस्बिर भाइरल बनेको थियो। जहा“ उनी केही मानिसको अगाडि सिंहदरबारमा देखिएका छन्।

भिडियोमा उनी मुखमा मास्क लगाएका केही व्यक्तिहरूलाई इसारा गरिरहेका देखिए। त्यस्तै लोकदोहोरी गायिका सुस्मिता क्षेत्री पनि राष्ट्रपति भवन शीतल निवास जलिरहेको क्रममा भिडियो बनाउन व्यस्त रहिन्। ‘फाइनल्ली राष्ट्रपति भवन गयो’ भन्दै उनी खुसीले चिच्याएको भिडियो भाइरल बन्न पुग्यो। आफ्नै टिकटक एकाउन्टबाट उनले पोष्ट गरेको सो भिडियोपछि हटाइन्। त्यस्तै युट्युबमार्फत चर्चामा आएका युट्युबर भाग्य न्यौपानेले पनि सहकारीको विषयमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई कारागारबाट निकाल्नुपर्छ भन्दै उत्तेजित बनाएको भिडियो पनि विवादमा प¥यो।


संगीतकार गिरीलाई आत्महत्या दुरुत्साहनको आरोेप
गायक तथा संगीतकार बबुल गिरी आत्महत्या दुरुत्साहनको कसुरमा कात्तिकको सुुरुमै पक्राउ परे। गायिका नितु पौडेल अनामनगरस्थित स्टुडियोमा मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो। काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए। पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका थिए।